शनिबारसम्म केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
वि.सं.२०८३ असोज १५ बिहीवार १०:५३
506
shares
shares

काठमाण्डौ । पाँच दिनको झरीपछि खुलेको मौसम फेरि बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
ठूलो तथा लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । मौसमविद् विनोद पोख्रेलका अनुसार आगामी एक हप्तासम्म केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने भए पनि देशभर एकैपटक लगातार पानी पर्ने अवस्था छैन ।
पूर्वी र मध्य नेपालमा आगामी एक–दुई दिन वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहे पनि त्यसपछि पहाडी क्षेत्रमा मात्रै हल्का वर्षा हुन सक्ने उहाँले बताउनुभएको छ । किसानले वर्षाको सम्भावना हेरेर धान काट्नेलगायत कृषि कार्यको योजना बनाउन सक्ने उहाँको सुझाव छ ।
















