NIMB Long Banner Ad

संघीय संसदकोअधिवेशन असोज १६ देखि अन्त्य हुने

143
shares

काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो। संविधानअनुसार संसद्को अधिवेशन अन्त्य राष्ट्रपतिको निर्णयबाट हुने व्यवस्था छ।