रास्वपाका सांसदले सम्झाए प्रधानमन्त्रीलाई चुनावी बाचा, ३ महिनाभित्र स्वास्थ्य निःशुल्क नगरे अनशन बस्ने घोषणा
वि.सं.२०८३ असोज १५ बिहीवार १३:३६
390
shares
shares

काठमाडौँ । रास्वपाका सांसद सूर्यबहादुर तामाङले प्रधानमन्त्री बालेन शाहलाई गरिब तथा विपन्न नागरिकको निःशुल्क उपचार गर्ने चुनावी बाचा पूरा गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले गोजीमा पैसा नभएका नागरिकले निःशुल्क उपचार पाउने व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
सांसद तामाङले नयाँ कानुन वा विधेयक ल्याएर भए पनि तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क बनाउन माग गर्नुभएको छ ।
उनले भने, ‘यति मात्रै गर्न सके पनि साँच्चिकै हाम्रो जयजय नै हुनेछ। नयाँ कानुन अथवा विधेयक दर्ता गरेर भए पनि कम्तीमा ३ महिनाभित्र स्वास्थ्य निःशुल्क हुनुपर्यो। यदि हुन सकेन भने ३ महिनाभित्र आमरण अनसन बस्ने पनि म घोषणा गर्न चाहन्छु।’
















