NIMB Long Banner Ad

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९४ हजार ८ सय

874
shares

काठमाडौँ, असोज १६ गते । स्थानीय बजारमा आज सुन प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँ र चाँदी ४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ र चाँदी ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।