NIMB Long Banner Ad

सन्दीपको कप्तानीमा ओमान जाने नेपाली टोली घोषणा, कुशल भुर्तेल परेनन्

943
shares

काठमाडौँ, असोज १६ गते । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

अक्टोबर ७ देखि सुरु हुने शृङ्खलामा नेपालले ओमान र क्यानडासँग खेल्नेछ । हालै एसीसी प्रिमियर कप जितेको टोलीबाट हेमन्त धामी बाहिरिएका छन् भने चोटका कारण प्रिमियर कप गुमाएका नन्दन यादवले टोलीमा पुनरागमन गरेका छन् । स्पिनर साहब आलम पनि टोलीमा समेटिएका छन् ।

स्टार ओपनर कुशल भुर्तेलले भने एकदिवसीय टोलीमा स्थान बनाउन सकेनन् । यस्तै, सोमपाल कामी, आरिफ शेख र भीम सार्की पनि टोलीमा परेका छैनन् ।

टोलीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र करण केसीजस्ता अनुभवी खेलाडीसँगै अर्जुन कुमाल, नन्दन यादव र शेर मल्ल रहेका छन् ।

नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल ।