असोज १७ गते शनिबार बि.सं.२०८३ तदनुसर ३ अक्टोबर सन् २०२६ को राशिफल
वि.सं.२०८३ असोज १७ शनिवार ०६:५०
shares

२०८३ असोज १७ गते शनिबार तदनुसार ३ अक्टोबर सन् २०२६ आश्विन कृष्ण सप्तमी तिथि बिहान ९:५४ बजेपछि अष्टमी,नक्षत्र- आर्द्रा राति ४:०७ बजे सम्म, त्यसपछि पुनर्वसु,चन्द्रमा- मिथुन राशिमा, सूर्य- कन्या राशिमा,योग- वरियान् साँझ ६:५६ बजेसम्म, त्यसपछि परिघ,करण-वव बिहान ९:५४ सम्म, त्यसपछि बालव र राति ८:४२ पछि कौलव,सूर्योदय/सूर्यास्त (काठमाडौँ) ०५:५८ / १७:४६,राहु काल- बिहान ८:५४ – १०:२३ राहुकालको समयमा शुभ कार्य नगर्नुहोला, आज अष्टमी श्राद्ध, गोरखकाली पूजा र महालक्ष्मी व्रत समाप्ति ।
काममा नयाँ उत्साह बढ्नेछ, रोकिएका कामले गति लिनेछन्। आर्थिक लेनदेनमा फाइदा। शुभ रंग रातो, अंक ९ ।
आर्थिक पक्ष व्यवस्थित हुनेछ, मेहनतको मूल्याङ्कन हुनेछ। बोलीको प्रभाव बढ्ने तर तर्कबाट बच्नुहोस्। शुभ रंग सेतो/गुलाबी, अंक ६/७ ।
बौद्धिक र रचनात्मक काममा सफलता, आत्मबल उच्च। नयाँ योजना सुरु गर्न सकारात्मक। शुभ रंग हरियो, अंक ५।
अनावश्यक खर्च बढ्न सक्छ, वैदेशिक काममा सफलता। अप्रत्याशित धन लाभको योग। शुभ रंग सेतो, अंक २।
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्, साथीभाइको सहयोग मिल्नेछ। शुभ रंग रातो, अंक १।
कार्यक्षेत्रमा जिम्मेवारी र प्रभाव बढ्नेछ, हाकिमबाट प्रशंसा। स्वास्थ्यमा ध्यान दिनुहोस्। शुभ रंग खैरो, अंक ६।
भाग्यको साथ मिल्ने दिन, धार्मिक कार्यमा रुचि, सरकारी काम समाप्त हुनेछ। शुभ रंग नीलो, अंक ८।
नयाँ कार्यको थालनीले मन प्रसन्न, आम्दानी सबल। गोप्य योजना छन् भने धैर्य राख्नुहोस् ।शुभ रंग नरातो, अंक ९ ।
सभा सम्मेलनमा सहभागी हुने योग, भौतिक साधनको प्रयोग बढ्ने छ। शुभ रंग कालो, अंक १।
विशेष सजग रहनुपर्ने दिन, नजिककाबाट धोका हुन सक्छ, कार्यमा ढिलाइ हुनेछ । शुभ रंग हरियो , अंक २।
सामाजिक कार्यमा सक्रियता बढ्ने छ । आम्दानीका नयाँ स्रोत मिल्ने सम्भावना छ । शुभ रंग सेतो, अंक ७।
जिम्मेवारी कुशलतापूर्वक निभाउन सकिनेछ । पारिवारिक सुखले उत्साह बढ्नेछ । मनमा आनन्दको अनुभुति हुनेछ।शुभ रंग खैरो, अंक ९।
~ज्यो.कलानिधी WhatsApp 9803032959
























