वि.सं.२०८३ असोज १९ तदनुसार ५ अक्टोवर सन् २०२६
वि.सं.२०८३ असोज १९ सोमवार ०६:२९
shares

वि.सं.२०८३ असोज १९ गते सोमबार तदनुसार ५ अक्टोवर सन् २०२६ आश्विन कृष्ण दशमी तिथि नक्षत्रः पुष्य (अहोरात्र),योगः सिद्ध,करणः गर (दिउँसो सम्म), त्यसपछि वणिज,सूर्योदयः बिहान ०६ः०२ बजे,सूर्यास्तः साँझ ०५ः४५ बजे,सूर्य राशिः कन्या,चन्द्र राशिः कर्कट राशिमा ।
घरायसी कामकाज र पारिवारिक मामिलामा ध्यान केन्द्रित हुनेछ। आमा वा परिवारका माथिल्ला सदस्यको स्वास्थ्यमा सुधार आउनेछ। जग्गाजमिन वा सवारी साधन सम्बन्धी काममा सोच–विचार गरेर मात्र निर्णय लिनुहोला। शुभ रङ्गः सेतो । शुभ अङ्कः ४
पराक्रम र आत्मबलमा वृद्धि हुनेछ। पुराना रोकिएका कामहरू भाइबहिनी र मित्रहरूको सहयोगमा बन्नेछन्। छोटा तथा रमाइला यात्राहरूको योग छ।शुभ रङ्गः गुलाबी वा हरियो । शुभ अङ्कः ३
धन सञ्चय र आर्थिक वृद्धिमा राम्रो सफलता मिल्नेछ। बोलीको प्रभाव बढ्ने हुनाले रोकिएका कामहरू सजिलै सुल्झाउन सकिनेछ। पारिवारिक जमघटमा मिष्टान्न भोजनको आनन्द मिल्नेछ।शुभ रङ्गः पहेंलो । शुभ अङ्कः २
मनमा प्रसन्नता र नयाँ ऊर्जा सञ्चार हुनेछ। मान–सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापार तथा व्यवसायमा लाभ मिल्नेछ भने वैदेशिक कार्यहरू सहज बन्नेछन्।शुभ रङ्गः सेतो वा सेतो–गुलाबी । शुभ अङ्कः १
अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला। वैदेशिक क्षेत्र वा टाढाको यात्राबाट फाइदा हुने योग छ। आँखा वा टाउको दुख्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले आराममा ध्यान दिनुहोला। शुभ रङ्गः रातो । शुभ अङ्कः १२
आम्दानीका स्रोतहरू सबल हुनेछन् र अड्किएको धन फिर्ता आउन सक्छ। साथीभाइको सहयोगले ठूला योजनाहरू अघि बढ्नेछन्। सन्तान वा परिवारका तर्फबाट खुसीको खबर मिल्न सक्छ।शुभ रङ्गः हरियो । शुभ अङ्कः ११
कार्यक्षेत्रमा सफलता र नयाँ जिम्मेवारी प्राप्त हुनेछ। वरिष्ठ व्यक्तित्वहरू तथा उच्च पदस्थ व्यक्तिहरूसँगको सम्बन्ध प्रगाढ बन्नेछ। समाजमा पद र प्रतिष्ठा बढ्नेछ। शुभ रङ्गः नीलो । शुभ अङ्कः १०
धर्म, अध्यात्म र सामाजिक कार्यमा रुचि जाग्नेछ। भाग्यको पूर्ण साथ मिल्ने हुनाले रोकिएका योजनाहरू पुनः सुरु हुनेछन्। लामो दूरीको शुभ यात्राको योग छ। शुभ रङ्गः सिन्दुरी । शुभ अङ्कः ९
खानपान र स्वास्थ्यमा विशेष सावधानी अपनाउनुहोला। सवारी साधन चलाउँदा वा बाटो काट्दा हतार नगर्नु उत्तम हुन्छ। अरूको विषयमा हस्तक्षेप नगर्नुहोला। शुभ रङ्गः सुन्तला । शुभ अङ्कः ८
दाम्पत्य जीवन सुखमय र मधुर रहनेछ। व्यापार–व्यवसायमा साझेदारहरूबाट राम्रो सहयोग र लाभ मिल्नेछ। यात्रा तथा नयाँ सम्झौताका लागि दिन अनुकूल छ। शुभ रङ्गः कालो वा नीलो । शुभ अङ्कः ७
शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन्। पुराना ऋण तथा रोगहरूबाट राहत मिल्नेछ। कार्यक्षेत्रमा मेहनतको उचित कदर हुने र प्रशंसा पाइनेछ। शुभ रङ्गः आकाशी नीलो । शुभ अङ्कः ६
बौद्धिक क्षमता र निर्णय क्षमताको प्रशंसा हुनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने दिन छ। सेयर बजार वा सिर्जनात्मक कार्यमा लाभको सम्भावना छ। शुभ रङ्गः सुनौलो पहेंलो,शुभ अङ्कः ५
~ज्यो.कलानिधी WhatsApp 9803032959























