बन्दसत्रका प्रतिवेदनबारे छलफल गर्न कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
वि.सं.२०८३ असोज १९ सोमवार ०८:२२
286
shares
shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशनस्थल खुलामञ्चमा बस्दैछ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
असोज १९ र २० गते हुने बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ।














