दसैँका लागि अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने तयारी
वि.सं.२०८३ असोज १९ सोमवार ०९:३७
shares

काठमाडौँ । दसैँमा घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने तयारी भएको छ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवालाबीच आज हुने छलफलपछि टिकट बुकिङ खुलाउने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सडकको अवस्था हेरेर मात्रै बुकिङ खुलाइनेछ। विशेषगरी पहाडी तथा दुर्गम क्षेत्रका सडकलाई ध्यानमा राखेर यातायात सञ्चालनको व्यवस्था मिलाइनेछ।
पोखरा, चितवन र भैरहवाजस्ता सहज सडक भएका गन्तव्यमा केही कम्पनी तथा अनलाइन प्लेटफर्मले टिकट बिक्री सुरु गरिसकेका छन्।
यात्रुको चापलाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकामा हालसम्म आठ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। बल्खु, फर्पिङ, हलचोक, नयाँ बसपार्क, चाबहिल र कोटेश्वरलगायतका स्थानमा सहायता कक्ष छन्।
यात्रुको आवश्यकता हेरेर थप सहायता कक्ष सञ्चालन गरी कुल १५ स्थानमा पुर्याउने तयारी छ।














