NIMB Long Banner Ad

बुढीगण्डकीमा भीषण बाढी, सल्लेरी बजार र जलविद्युत् क्याम्प बगायो

414
shares

गोरखा । बुढीगण्डकी नदीमा आएको लेदोसहितको भीषण बाढीले सल्लेरी बजार, जलविद्युत् आयोजनाको क्याम्प र नदी किनारका संरचनामा क्षति पुर्‍याएको छ ।

आइतबार बिहान करिब साढे ४ बजे आएको बाढीले जगत र आसपासका क्षेत्रसमेत प्रभावित बनाएको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो ।

जोखिममा रहेका जगत, सल्लेरी, सिर्दिवास, माछाखोलालगायत क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । बाढीबाट भएको क्षति र मानवीय अवस्थाको विस्तृत विवरण आउन बाँकी छ ।