बुढीगण्डकीमा एक्कासि बाढी, तटीय क्षेत्रका सतर्कता अपनाउन आग्रह
वि.सं.२०८३ असोज २५ आइतवार ०८:४३
437
shares
shares

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर बाढी आएपछि बुढीगण्डकी नदीको बहाव बढेको छ ।
आज बिहान ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएको स्थानीयले बताएका छन् । खोला थुनिएर बाढी आएको आशंका गरिएको छ । केही स्थानीय र पर्यटक सुरक्षित स्थानमा पुगेका छन् ।
प्रहरीले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।


















