२०८३ असोज २५ गते, आइतवार तदनुसार ११ अक्टोबर सन् २०२६ को राशिफल
आजबाट नेपालीहरूको महान चाड बडादसैँ सुरु भएको छ । आज घटस्थापना,नवरात्र आरम्भ,घरघरमा जमरा राख्ने परम्परा, देवी दुर्गाको आह्वान गरी पूजाअर्चना शुरु गरिने ।
वि.सं.२०८३ असोज २५ आइतवार ०६:००
shares

आज मिति २०८३ असोज २५ गते, आइतवार तदनुसार ११ अक्टोबर सन् २०२६, आश्विन शुक्ल दुर्गापक्ष प्रतिपदा तिथि,आजबाट नवरात्र शुरु, नक्षत्रः चित्रा,योगः वैधृति,करणः किस्तुघ्न,सूर्योदयः बिहान ६ः०४ मा सूर्यास्तः साँझ ५ः३९ बजे,सूर्य राशिः कन्या,चन्द्र राशिः कन्या । आजबाट नेपालीहरूको महान चाड बडादसैँ सुरु भएको छ । आज घटस्थापना,नवरात्र आरम्भ,घरघरमा जमरा राख्ने परम्परा, देवी दुर्गाको आह्वान गरी पूजाअर्चना शुरु गरिने ।
घटस्थापनाको दिन तपाईँका लागि आर्थिक तथा व्यावसायिक क्षेत्रमा लाभदायी रहनेछ। पुराना विवादहरू समाधान हुनेछन्। शत्रु पक्ष परास्त हुनेछन् भने स्वास्थ्यमा सुधार आउनेछ। शुभ रङ्गः पहेंलो । शुभ अङ्कः ६
बौद्धिक तथा सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने अध्ययन–अध्यापनमा रुचि बढ्नेछ। शुभ रङ्गः सेतो । शुभ अङ्कः ५
घरपरिवारमा केही वैचारिक मतभेद वा घरायसी झमेला आउन सक्छ। भौतिक साधनको प्रयोग गर्दा वा सवारी चलाउँदा सावधानी अपनाउनुहोला। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ। शुभ रङ्गः हरियो । शुभ अङ्कः २
पराक्रम र आत्मबलमा वृद्धि हुनेछ। छोटो तथा रमाइलो यात्राको योग छ। दाजुभाइ तथा छिमेकीहरूको सहयोगले रोकिएका कामहरू बन्नेछन्। शुभ रङ्गः गुलाबी । शुभ अङ्कः ३
बोलीको प्रभाव बढ्नेछ, जसले गर्दा रोकिएका कामहरू बन्न सक्छन्। परिवारसँग रमाइलो जमघट हुनेछ। आकस्मिक धनलाभ वा आर्थिक लाभको योग रहेको छ। शुभ रङ्गः रातो । शुभ अङ्कः ७
चन्द्रमा आफ्नै राशिमा रहेकाले मन प्रफुल्लित रहनेछ। व्यक्तित्वमा निखार आउनेछ र मान–सम्मान प्राप्त हुनेछ। नयाँ कार्यको थालनी गर्नका लागि दिन अति उत्तम छ। शुभ रङ्गः हरियो वा नीलो । शुभ अङ्कः १
वैदेशिक क्षेत्र वा टाढाको यात्राबाट फाइदा पुग्नेछ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा संयमता अपनाउनुहोला। ध्यान र योगले मानसिक शान्ति दिलाउनेछ। शुभ रङ्गः सेतो । शुभ अङ्कः ९
आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। मित्रवर्ग तथा पुराना चिनजानका मानिसहरूसँग भेटघाट हुँदा मन प्रसन्न हुनेछ। गरेका प्रयासहरूमा सफलता हात लाग्नेछ। शुभ रङ्गः सिन्दुरी । शुभ अङ्कः ४
कार्यक्षेत्रमा जिम्मेवारी थपिन सक्छ। उच्च पदस्थ व्यक्तिहरूको सहयोग र प्रशंसा मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा सक्रियता बढ्नेछ। शुभ रङ्गः पहेंलो । शुभ अङ्कः ८
भाग्यले साथ दिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यप्रति रुचि जाग्नेछ। लामो दूरीको यात्रा वा वैदेशिक कार्यका लागि अनुकूल समय रहेको छ। शुभ रङ्गः कालो वा नीलो । शुभ अङ्कः ३
अष्टम भावमा चन्द्रमाको प्रभाव रहने हुनाले स्वास्थ्यप्रति सचेत रहनुहोला। सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु आवश्यक छ। गोप्य कुराहरू जथाभाबी नभन्नुहोला। शुभ रङ्गः आकाशी नीलो । शुभ अङ्कः ६
दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापारिक साझेदारीमा लाभ मिल्नेछ। प्रेमी–प्रेमिकाहरूका लागि दिन रमाइलो र सौहार्दपूर्ण रहनेछ। शुभ रङ्गः सुनौलो । शुभ अङ्कः ७
~ज्यो.कलानिधी WhatsApp 9803032959




























