NIMB Long Banner Ad

नेतृत्व परिवर्तनले मात्रै पार्टी बदलिदैन – गगन थापा

नागरिकको विश्वास जित्ने गरी कांग्रेस रूपान्तरण गर्छु

437
shares

ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास पुनःस्थापित गर्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए । नेतृत्व परिवर्तनले मात्रै पार्टी नबदलिने भन्दै उनले काम गर्ने शैली र जिम्मेवारीमा सुधार आवश्यक रहेको उल्लेख गरे ।

किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले भरोसा गर्ने पार्टी बनाउन सबैलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ ।

थापाले महाधिवेशनबाट पारित प्रतिवेदनमाथि सुझाव दिन एक साताको समय दिइएको र सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने जानकारी दिए ।