NIMB Long Banner Ad

बाढीपछिको पुनर्निर्माणमा अस्ट्रेलियाले थप १ अर्ब ६१ करोड दिने

207
shares

काठमाडौँ । अस्ट्रेलियाले नेपालको बाढीपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि थप १ अर्ब ६१ करोड रुपैयाँ सहायता दिने भएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार यसअघि घोषित सहायतासहित अस्ट्रेलियाबाट नेपालले कुल करिब २ अर्ब ८० करोड रुपैयाँ प्राप्त गर्नेछ ।

अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँगको भेटमा पुनर्निर्माण, जलवायु सहकार्य र नेपाली विद्यार्थीको भिसा प्रक्रिया सहज बनाउने विषयमा छलफल भएको मन्त्री खनालले बताउनुभयो ।