NIMB Long Banner Ad

आइतबार कोशी, बागमती र कर्णालीमा वर्षाको सम्भावना

575
shares

काठमाडौँ, असोज २४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

सोमबार हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराईमा भने मौसम मुख्यतया सफा रहनेछ ।