NIMB Long Banner Ad

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु

322
shares

काठमाडौँ, असोज २४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना शनिबार साँझ साढे ७ बजेदेखि सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा उम्मेदवारहरूको रोहबरमा मतपेटिका खोलेर गणना सुरु गरिएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि सभापति पदमा गगनकुमार थापा निर्वाचित हुनुभएको थियो । उहाँले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै झण्डै ९४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

सभापतिमा निर्वाचित थापाले पराजित उम्मेदवारहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।