धादिङको गलौंदीमा भासिएको पृथ्वीराजमार्ग खुलाउने काम सुरु
वि.सं.२०८३ असोज २४ शनिवार १४:२५
368
shares
shares

काठमाडौँ, असोज २४ । धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन सडक विभागले काम सुरु गरेको छ ।
त्रिशूली नदीका कारण सडक भासिएपछि डोजर र आवश्यक जनशक्ति परिचालन गरी ब्याक कटिङको काम अघि बढाइएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ ।
आज साँझसम्म सडक खुलाएर यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।


















