NIMB Long Banner Ad

आजदेखि बडादशैँ सुरु, घटस्थापनाको शुभ साइत ११:४७ बजे

322
shares

काठमाडौं । नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ । दशैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ । घटस्थापनासँगै नवरात्र सुरु हुने र नवदुर्गाको पूजा आराधना गरिने परम्परा छ ।

यस वर्ष कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमी परेको छ । दशैँ सुरु भएसँगै बजारमा किनमेल गर्ने र गाउँघर फर्किनेको चहलपहल बढेको छ ।