NIMB Long Banner Ad

जुम्लाबाट यसबर्ष ५५ करोडको स्याउ निर्यात

368
shares

जुम्ला। जुम्लाबाट यस वर्ष हालसम्म ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात भएको छ । यसबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष जिल्लामा १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । गत वर्षको तुलनामा उत्पादन केही घट्ने आकलन गरिएको छ ।

जुम्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् । भारतबाट आउने स्याउ बन्द भएपछि जुम्लाको स्याउले राम्रो बजार पाएको व्यापारीले बताएका छन् ।