बाढीपहिरोले पृथ्वीराजमार्ग, बिपी राजमार्गसहित १२ भन्दा बढी सडक अवरुद्ध
वि.सं.२०८३ कात्तिक १४ शनिवार १३:३४
920
shares
shares

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्ग, बिपी राजमार्गसहित देशका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।
धादिङको परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग र काभ्रेको रोशी क्षेत्रमा लेदोसहितको बाढी आउँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
यस्तै, सुर्खेतको कर्णाली राजमार्ग, खोटाङको मध्यपहाडी राजमार्ग, ललितपुरको कान्तिलोकपथ तथा बागमती करिडोर र गुल्मी तथा पाल्पाको कालीगण्डकी करिडोरमा पनि यातायात ठप्प भएको छ ।
मुगुको नाग्म–गमगढी सडकखण्डसमेत अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
















