NIMB Long Banner Ad

हुम्लामा ४.२ रेक्टरस्केलको भूकम्प

1.5K
shares

काठमाडौँ – हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा भूकम्प गएको हो।

नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ समय–समयमा सानाठूला भूकम्प जाने गरेका छन्।