श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २० गते शुक्रवार (तदनुसार ६ नोभेम्वर सन् २०२६) को राशिफल
हस्ता नक्षत्रका व्यक्तिहरू विश्लेषणात्मक स्वभावका, सफा, व्यवस्थित र मिहिनेती हुन्छन्। उनीहरू आफ्नो कार्यक्षेत्रमा पूर्ण जिम्मा लिने र तीक्ष्ण बुद्धि भएका हुन्छन् । अर्काको भावना बुझ्ने, परोपकारी र मिलनसार स्वभावका कारण हस्ता नक्षत्रमा जन्मनेहरु समाजमा लोकप्रिय हुन्छन् ।
वि.सं.२०८३ कात्तिक २० शुक्रवार ०६:००
shares

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २० गते शुक्रवार (तदनुसार ६ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४६ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक कृष्ण पक्ष द्वादशी तिथि, हस्ता नक्षत्र, अमृत योगा तथा चन्द्रमा कन्या राशिमा । आज धन त्रयोदशी व्रत अर्थात् धनतेरस । हस्ता नक्षत्र ज्योतिष शास्त्रका अनुसार अत्यन्त महत्वपूर्ण र शुभ नक्षत्रहरूमध्ये एक मानिन्छ । हस्ता नक्षत्रको चारवटै चरणहरू कन्या राशि अन्तर्गत पर्दछन्। नक्षत्र स्वामी (धिपतिको ग्रह) चन्द्रमा रहेको छ । अधिष्ठाता देवताः सूर्य वा सवितृ (जिज्ञासा, ऊर्जा, र सिर्जनात्मकताका देवता) हुन् । गणः देव गण प्रतीक चिन्हः हात वा मुट्ठी (यसले हस्तकला, सीप, परिश्रम, र नियन्त्रणलाई जनाउँछ।) सीप र कलामा निपुणताः यस नक्षत्रमा जन्मिएका वा प्रभाव रहने व्यक्तिहरू हस्तकला, चित्रकला, लेखन, शिल्पकला, वा कुनै न कुनै विशेष सीपमा धेरै अगाडि हुन्छन्। हस्ता नक्षत्र कन्या राशिमा पर्ने हुनाले यी व्यक्तिहरू विश्लेषणात्मक स्वभावका, सफा, व्यवस्थित र मिहिनेती हुन्छन्। उनीहरू आफ्नो कार्यक्षेत्रमा पूर्ण जिम्मा लिने र तीक्ष्ण बुद्धि भएका हुन्छन् । अर्काको भावना बुझ्ने, परोपकारी र मिलनसार स्वभावका कारण हस्ता नक्षत्रमा जन्मनेहरु समाजमा लोकप्रिय हुन्छन् । वैदिक ज्योतिषमा हस्ता नक्षत्रलाई शुभ कार्यहरू जस्तै व्यापारको सुरुवात, नयाँ सीप सिक्ने काम, नामाकरण, र विभिन्न रचनात्मक कार्यका लागि निकै अनुकुल मानिन्छन् ।
आज रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। सन्तान पक्षबाट खुसीको समाचार सुन्न पाइनेछ। बौद्धिक क्षमताको प्रशंसा हुनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आर्थिक कारोबारमा गरिएको लगानीले फाइदा दिनेछ।
घर-परिवारमा सुख-शान्ति छाउनेछ। जग्गाजमिन वा सवारी साधनसम्बन्धी कारोबारबाट लाभ मिल्न सक्छ। आमा वा घरका वरिष्ठ व्यक्तिको सल्लाह उपयोगी साबित हुनेछ। भौतिक सुख-सुविधामा खर्च बढ्न सक्छ।
पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ। छोटो दूरीको लाभदायक यात्राको योग छ। भाइबहिनी तथा छिमेकीहरूको सहयोगले रोकिएका कामहरू बन्नेछन्। लेखन, कला र सञ्चार क्षेत्रमा विशेष सफलता मिल्नेछ।
आर्थिक पक्ष बलियो बन्नेछ। बोलीको प्रभाव बढ्ने हुनाले रोकिएका कामहरू सम्पादन हुनेछन्। मिष्ठान्न भोजन प्राप्तिको योग छ। परिवारसँग रमाइलो समय बिताउने अवसर जुर्नेछ।
शरीरमा स्फूर्ति र उमङ्ग छाउनेछ। मान-सम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ। तपाईंको नेतृत्व क्षमताको चौतर्फी प्रशंसा हुनेछ। नयाँ कामको थालनी गर्नका लागि आजको दिन अत्यन्त अनुकूल छ।
अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक मामिलामा सचेत रहनुहोला। वैदेशिक क्षेत्र वा टाढाको यात्रासँग सम्बन्धित काममा केही ढिलाइ हुन सक्छ। स्वास्थ्यप्रति सजग रहँदै खानपानमा ध्यान दिनुहोला।
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मित्र तथा दाजुभाइको सहयोगले ठूलो सफलता हात लाग्नेछ। सामाजिक कार्यमा सहभागिता बढ्नेछ। व्यापार-व्यवसायमा सोचेभन्दा बढी लाभ मिल्नेछ।
दिनको फल: आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनेछन्। योजनाबद्ध तरिकाले गरेका कामहरूमा सफलता मिल्नेछ। आर्थिक कारोबार र व्यापारिक प्रयोजनका लागि यात्राको योग रहेको छ।
दिनको फल: रोकिएका पुराना कामहरू अगाडि बढ्नेछन्। नोकरी वा पेशामा गरिएको मिहिनेतको उचित जस मिल्नेछ। कार्यक्षेत्रमा बिना सोचविचार जोखिमपूर्ण निर्णय लिनबाट बच्नुहोला।
दिनको फल: व्यापार-व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर प्राप्त हुन सक्छ। जीवनसाथीको स्वास्थ्यलाई लिएर केही चिन्ता रहन सक्छ।
दिनको फल: वैदेशिक क्षेत्र वा व्यापारबाट शुभ समाचार प्राप्त हुनेछ। आफन्त तथा पुराना साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। काममा आलस्य त्यागेर अघि बढेमा सोचेको सफलता मिल्नेछ।
दिनको फल: आफ्नो प्रभावकारी वाणी र तर्कले अरूलाई आकर्षित गर्न सकिनेछ। व्यापारमा नयाँ सम्झौता वा अनुबन्धहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। पारिवारिक एवं दाम्पत्य जीवन सुखद रहनेछ।
~ज्यो. कलानिधी WhatsApp 9803032959

























