आजदेखि तिहार शुरु, धनतेरस र यमदीपदान मनाइँदै
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १०:५२
851
shares
shares

काठमाण्डौ – नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ ।
धनतेरसका अवसरमा नयाँ धातुका भाँडाकुँडा तथा गरगहना किनेर पूजा गर्ने र साँझ घरघरमा दीपमालिका गर्ने परम्परा छ । पछिल्ला वर्षमा काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा पनि धनतेरस मनाउने चलन बढेको छ ।
तिहारअन्तर्गत भोलि कागपूजा, २२ गते कुकुर तिहार र लक्ष्मीपूजा, २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा र म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ शुरु हुनेछ ।
कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
















