सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी
वि.सं.२०८३ कात्तिक २० शुक्रवार ११:१८
1.27K
shares
shares

काठमाण्डौ – सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया शुरु गरेको हो ।
समितिको हिजो बसेको बैठकमा प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलिएको थियो । उजुरी अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।
समितिले आज उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यतालिका बनाएको छ । न्याय परिषद्ले सिफारिस गरेका चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
















