NIMB Long Banner Ad

सुनको भाउ एकैदिन ५ हजार ९ सय रुपैयाँले घट्यो

1.01K
shares

काठमाण्डौ – बिहीवार एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेको सुनको भाउ आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हिजोको तुलनामा ५ हजार ९ सय रुपैयाँले कम हो ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि आइतवार सुनको भाउ ८ हजार ३०० रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँ कायम भएको थियो । त्यसपछि लगातार बढेको सुनको भाउ बिहीवार हालसम्मकै उच्च मूल्यमा पुगेको थियो ।