NIMB Long Banner Ad

पार्टीको नेतृत्व विकास तल्लो तहबाटै हुनुपर्छ – लामिछाने

874
shares

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको नेतृत्व विकास वडा तहबाटै सुरु गर्नुपर्ने बताएका छन् ।

निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका नेता तथा कार्यकर्तासँगको भेटमा उनले वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्व तयार गर्नुपर्ने बताए ।

उनले पार्टीको संरचना बलियो बनाउन तल्लो तहबाटै नेतृत्व विकास र जिम्मेवारी बाँडफाँड आवश्यक रहेको उल्लेख गरे । पार्टीका सदस्य वा समर्थक भएकै आधारमा कसैलाई गलत काम गर्ने छुट नहुने भन्दै सबैले विधि र नियम पालना गर्नुपर्नेमा जोड दिए ।

लामो समयदेखि निर्वाचन क्षेत्रमा आउन नसकेको उल्लेख गर्दै उनले पार्टी निर्माण, सरकारसँग समन्वय र संगठन विस्तारमा सभापतिको जिम्मेवारी रहेको बताए । नागरिकले हरेक विषयमा सांसद नै खोज्नुपर्ने अवस्था अन्त्य गर्न स्थानीय तहमा सक्षम नेतृत्व विकास गर्नुपर्ने उनको भनाइ थियो ।