अब विमानस्थलमै यात्रुले हेर्न पाउनेछन् ब्यागेज झार्ने लाइभ दृश्य
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १४:२८
2.25K
shares
shares

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो ब्यागेज झार्ने प्रक्रिया प्रत्यक्ष हेर्न पाउने भएका छन् ।
विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य अब आगमन कक्षमा रहेको ब्यागेज लिने क्षेत्रमा देखाउने व्यवस्था गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार यात्रुले स्क्रिनबाट सामान झार्ने गतिविधि हेर्न सक्नेछन् । यसले ब्यागेज बेल्टसम्म सामान आइपुग्ने समय अनुमान गर्न सहज हुने र विमानस्थलको सेवा थप पारदर्शी बन्ने अपेक्षा गरिएको छ ।
















