दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० मा पेशी
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १४:३६
345
shares
shares

काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट आज सर्वोच्च अदालतमा दर्ता भएको छ ।
कार्कीले आफूलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने मन्त्रिपरिषद्को निर्णय बदर गर्न र नयाँ आईजीपी केसीलाई कामकाज गर्न नदिन अन्तरिम आदेश माग गर्नुभएको छ ।
आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै कार्कीले केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णयसहित त्यसका आधारमा भएका सबै कामकारबाही बदर गर्न माग गर्नुभएको छ ।
उक्त रिटको पेशी कात्तिक ३० गतेका लागि तोकिएको छ । तिहार बिदाका कारण पेशी तोक्न ढिलाइ भएको हो ।
















