शक्ति पाएपछि मात्तिने होइन, जिम्मेवार बन्नुस् – रवि लामिछाने
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:१५
2.07K
shares
shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले दिएको १८२ सिटको सम्मान गर्दै जिम्मेवार व्यवहार देखाउन नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
चितवन पुगेका उहाँले चुनाव जितेपछि अहंकार देखाउने, प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने तथा शक्तिको दुरुपयोग गर्ने काम नगर्न सचेत गराउनुभयो ।
‘जनताले दिएको अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला’, उहाँले भन्नुभयो । लामिछानेले शक्ति बढेसँगै जिम्मेवारी पनि बढ्ने भएकाले संयमित हुन आग्रह गर्नुभयो ।
















