यू–१९ एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४३
3.2K
shares
shares

काठमाडौँ – एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।
शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपालले दिएको १२९ रनको लक्ष्य भारतले १९.१ ओभरमै बिना विकेटको क्षतिमा पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४२।३ ओभरमा १२८ रनमा समेटिएको थियो । नेपालका दर्श सोनारले सर्वाधिक ४३, आशिष लुहारले २९ र निरजकुमार यादवले २० रन बनाए ।
भारतका आर्यवीर सहवागले अविजित ७० र कप्तान लक्ष्य रायचन्दानीले ५३ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि १२९ रनको अविजित साझेदारी गर्दै भारतलाई जित दिलाए ।
नेपालले अब समूह चरणमा यूएई र पाकिस्तानसँग खेल्नेछ ।
















