सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित, मिलरको डेब्युमा ९३ रन
वि.सं.२०८३ कात्तिक २० शुक्रवार १७:०९
2.9K
shares
shares

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको छ ।
सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । कर्णालीका डेभिड मिलरले डेब्यु खेलमै अविजित ९३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका सेफ जेबले सर्वाधिक ३५, विनोद भण्डारीले २७ र ब्रान्डन म्याकमुलेनले २४ रन बनाए ।
जितसँगै सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने कर्णाली ४ अङ्कसहित पाँचौँ स्थानमा छ ।
आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच बेलुका ५ बजे प्रतिस्पर्धा हुनेछ ।
















