NIMB Long Banner Ad

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २१ गते शनिवार (तदनुसार ७ नोभेम्वर सन् २०२६) को राशिफल

चित्रा नक्षत्रमा जन्मिएका वा प्रभाव रहने व्यक्तिहरू शिल्पकला, वास्तुकला, फेशन डिजाइन, चित्रकला, इन्जिनियरिङ र विभिन्न रचनात्मक क्षेत्रमा विशेष निपुण हुन्छन्। उनीहरू आफ्नो काममा परिपक्व र सौन्दर्यप्रेमी हुन्छन्। चित्रा नक्षत्रको प्रभावमा रहेका व्यक्तिहरू आकर्षक व्यक्तित्व, उच्च आत्मविश्वास, र रसिलो बोली भएका हुन्छन्। यीनीहरु नयाँ कुरा सिक्न र सिर्जना गर्न सधैं उत्सुक रहन्छन्।

3.84K
shares

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २१ गते शनिवार (तदनुसार ७ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४६ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक कृष्ण पक्ष त्रयोदशी तिथि विहान १०ः४७ बजे सम्म, चित्रा नक्षत्र, काण योगा तथा चन्द्रमा कन्या राशिमा । आज तिहारको दोस्रो दिन काकवली कागतिहार ।
चित्रा नक्षत्र निकै महत्वपूर्ण र प्रभावशाली नक्षत्रहरूमध्ये एक हो । यीनी विश्वकर्मा (शिल्प, वास्तुकला र सिर्जनाका देवता) हुन् ।यीनी चम्किलो मोती वा गहना (यसले सौन्दर्य, आकर्षण र रचनात्मकतालाई जनाउँछ।) हुन् । यस नक्षत्रमा जन्मिएका वा प्रभाव रहने व्यक्तिहरू शिल्पकला, वास्तुकला, फेशन डिजाइन, चित्रकला, इन्जिनियरिङ र विभिन्न रचनात्मक क्षेत्रमा विशेष निपुण हुन्छन्। उनीहरू आफ्नो काममा परिपक्व र सौन्दर्यप्रेमी हुन्छन्। चित्रा नक्षत्रको प्रभावमा रहेका व्यक्तिहरू आकर्षक व्यक्तित्व, उच्च आत्मविश्वास, र रसिलो बोली भएका हुन्छन्। यीनीहरु नयाँ कुरा सिक्न र सिर्जना गर्न सधैं उत्सुक रहन्छन्। यो नक्षत्र कलाको सुरुवात, नयाँ वस्त्र तथा आभूषण धारण गर्ने कार्य, गृहप्रवेश, र विभिन्न रचनात्मक तथा सौन्दर्यसँग सम्बन्धित कामहरूको लागि अत्यन्त शुभ मानिन्छ।

image

आर्थिक तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा प्रोजेक्ट सम्हाल्ने मौका मिल्न सक्छ। रोकिएका कामहरू सहजै अघि बढ्नेछन्। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला।

image

अध्ययन, अध्यापन तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। पुरानो समस्या वा दबाबबाट मुक्ति मिल्नेछ। परिवारका सदस्य तथा इष्टमित्रको राम्रो सहयोग मिल्नेछ। लेनदेन र कागजी काममा स्पष्टता राख्नुहोला।

image

कार्यक्षेत्रमा आफ्नो वर्चस्व र नेतृत्व क्षमता देखाउने अवसर मिल्नेछ। आम्दानीका नयाँ बाटोहरू खुल्नेछन् र आर्थिक स्थिति सुदृढ हुनेछ। बचतमा ध्यान दिनुहोला र बोलीमा कठोरता आउन नदिनुहोला।

image

साझेदारी र सहकार्यका कामबाट विशेष लाभ मिल्नेछ। परिवारका अग्रजहरूको सल्लाहले ठूला समस्या समाधान हुनेछन्। वैवाहिक र प्रेम जीवनमा आत्मीयता बढ्नेछ।

image

आफ्नै मेहनतले समाज वा कार्यक्षेत्रमा नयाँ पहिचान दिलाउनेछ। व्यवसायमा प्रतिस्पर्धा बढे पनि सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि अध्ययनको गति तीव्र हुनेछ। सम्बन्धमा समझदारी राख्नुहोला।

image

अधुरा योजनाहरू पूरा गर्ने जाँगर र उत्साह चल्नेछ। रोजगार वा पेशागत क्षेत्रमा नयाँ अवसरबारे जानकारी प्राप्त हुनेछ। खर्चको प्राथमिकता छुट्याएर अघि बढ्नु बुद्धिमानी हुनेछ।

image

सामाजिक तथा परोपकारी काममा रुचि बढ्नेछ। व्यापारमा ग्राहकको प्रतिक्रिया उपयोगी सिद्ध हुनेछ। अध्ययनका लागि नयाँ सामग्री जुट्नेछन्। नजिकका व्यक्तिसँग मनका कुरा साट्दा तनाव कम हुनेछ।

image

आर्थिक मामिलामा अलिकति सावधानी अपनाउनु पर्ने समय छ। काममा पुरानो अनुभव निकै उपयोगी बन्नेछ। नयाँ सीप र ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला।

image

यात्रा वा भ्रमणको योजना बन्ने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ। विद्यार्थीहरूका लागि सामूहिक अध्ययन फलदायी हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।

image

आफ्नो लक्ष्यप्रति लगनशीलता बढ्नेछ। आम्दानी बढाउने नयाँ बाटाहरू भेटिन सक्छन्। साथीभाइको सकारात्मक सुझाव र सहयोगले सही निर्णय लिन सहज हुनेछ।

image

नयाँ चिनजान र भेटघाटबाट उपयोगी अवसरहरू प्राप्त हुनेछन्। कार्यक्षेत्रमा आफ्ना योजनाहरू प्रस्तुत गर्न सकिनेछ। मानसिक थकान कम गर्न मनपर्ने काममा समय बिताउनुहोला।

image

मनमा शान्ति, सन्तोष र उत्साह बढ्नेछ। आफ्नो सीप र क्षमता अनुसारको कामबाट विशेष लाभ मिल्नेछ। नियमित अभ्यासले अध्ययनमा सफलता दिलाउनेछ। प्रियजनसँगको कुराकानीले आत्मीयता बढाउनेछ।

~ज्यो. कलानिधी WhatsApp 9803032959