NIMB Long Banner Ad

पश्चिम नवलपरासीमा मतदान केन्द्र पुनरावलोकन गरिँदै

1.08K
shares

पश्चिम नवलपरासी, कात्तिक २१ – आगामी निर्वाचनलाई मतदातामैत्री बनाउन पश्चिम नवलपरासीमा मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ ।

मतदाताको सहज पहुँच, सुरक्षा र सुविधालाई ध्यानमा राख्दै अपायक केन्द्र स्थानान्तरण गर्ने, गाभ्ने तथा आवश्यकताअनुसार नयाँ केन्द्र थप गर्ने विषयमा छलफल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसँग भएको छलफलमा दुर्गम क्षेत्र, यातायातको पहुँच, मतदाता सङ्ख्या र सुरक्षा अवस्थालाई आधार बनाएर केन्द्र पुनरावलोकन गर्ने विषयमा परामर्श गरिएको छ ।

मतदान केन्द्र अपायक वा असुरक्षित भएको तथा मतदातालाई असुविधा परेको भए समयमै सुझाव दिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।