NIMB Long Banner Ad

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

989
shares

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्किए प्रस्थान गर्नुभएको छ ।

टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा पनि सहभागिता जनाउनुहुनेछ ।

सम्मेलनमा नेपालसहित पाँच देशको संयुक्त आयोजनामा हुने हिमाली क्षेत्र, हिमनदी संरक्षण र जलवायु उत्थानशीलतासम्बन्धी उच्चस्तरीय कार्यक्रममा पनि उहाँ सहभागी हुनुहुनेछ ।

त्यसैगरी, विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागी हुनुका साथै अन्य देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नौ सदस्यीय सरकारी टोलीसहित टर्किए जानुभएका मन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम छ ।