NIMB Long Banner Ad

तिहार र छठलाई लक्षित गर्दै देशभर सुरक्षा कडा

989
shares

काठमाण्डौ – तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ ।

चाडपर्वमा चोरी, लुटपाट, जुवातास र कालोबजारी नियन्त्रण गर्न विशेष सुरक्षा योजना, २०८३ लागू गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताउनुभयो ।

सुरक्षाका लागि सीसीटीभी, ड्रोन र सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । त्यस्तै, देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना गरी एक हजारभन्दा बढी प्रहरी खटाइएको छ ।

लामो दूरीका गाडीमा दुई जना चालक अनिवार्य गर्नुका साथै सवारीसाधन र चालकको स्वास्थ्य परीक्षणमा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ ।