NIMB Long Banner Ad

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २२ गते आइतबार (तदनुसार ८ नोभेम्वर सन् २०२६) को राशिफल

स्वाती नक्षत्रलाइ स्वतन्त्र, गतिशील र प्रगतिशील नक्षत्र मानिन्छ । यीनलाई वायु (पवन देवता – शक्ति, गति, र जीवनसञ्चारका प्रतीक)को रुपमा लिने गरिन्छ । स्वाती नक्षत्रलाई घाममा हल्लिरहेको वात चक्र वा अंकुश (यसले लचिलोपन, स्वतन्त्रता र गतिशीलतालाई जनाउँछ।) को रुपमा पनि लिने गरिन्छ । यस नक्षत्रमा जन्मिएका वा प्रभावमा रहने व्यक्तिहरू व्यापार, कूटनीति, सञ्चार, कला, र व्यवस्थापका क्षेत्रमा निपुर्ण हुन्छन्।

5.22K
shares

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २२ गते आइतवार (तदनुसार ८ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४६ कौलाथ्व,रौद्रनाम संवत्सर,कार्तिक कृष्ण पक्ष चतुर्दशी तिथि विहान १०-५४ बजे सम्म, स्वाती नक्षत्र, पद्म योगा तथा चन्द्रमा तुला राशिमा । आज तिहारको तेस्रो दिन विहान कुकुर पुजा र साँझ लक्ष्मीपुजा ।
स्वाती नक्षत्रलाइ स्वतन्त्र, गतिशील र प्रगतिशील नक्षत्र मानिन्छ । यीनलाई वायु (पवन देवता – शक्ति, गति, र जीवनसञ्चारका प्रतीक)को रुपमा लिने गरिन्छ । स्वाती नक्षत्रलाई घाममा हल्लिरहेको वात चक्र वा अंकुश (यसले लचिलोपन, स्वतन्त्रता र गतिशीलतालाई जनाउँछ।) को रुपमा पनि लिने गरिन्छ । यस नक्षत्रमा जन्मिएका वा प्रभावमा रहने व्यक्तिहरू व्यापार, कूटनीति, सञ्चार, कला, र व्यवस्थापका क्षेत्रमा निपुर्ण हुन्छन्। उनीहरूको बोलीमा मिठास र विचारमा लचिलोपन हुन्छ, जसले गर्दा उनीहरू अपरिचित ब्यक्तिहरुसँग पनि सजिलै घुलमिल हुन सक्ने हुन्छन्। वायुको प्रभाव रहने हुनाले यी व्यक्तिहरू एकै ठाउँमा भन्दा पनि नयाँ ठाउँको भ्रमण गर्न, नयाँ विचारहरू सिक्न र स्वतन्त्र रूपमा काम गर्न रुची राख्ने हुन्छन् । स्वाती नक्षत्र नयाँ व्यवसायको थालनी, वित्तीय लेनदेन, यात्रा, कला–साहित्यलगायतका विषयबस्तुसँग सम्बन्धित कार्यहरू तथा सामाजिक कार्यका लागि अति शुभ मानिन्छ।

image

दम्पतीबीचको सम्बन्ध सुमधुर बन्नेछ। साझेदारी र सहकार्यका कामबाट राम्रो आर्थिक लाभ मिल्नेछ। नयाँ व्यापारिक सम्झौता वा योजनाहरू अघि बढ्न सक्नेछन्। स्वास्थ्य सामान्य रहनेछ।

image

प्रतिस्पर्धीहरू परास्त हुनेछन्। रोकिएका पुराना कामहरूले गति लिनेछन्। स्वास्थ्यमा देखिएका सानातिना समस्याहरू समाधान हुनेछन्। आर्थिक कारोबारमा भने सचेत रहनुहोला।

image

विद्यार्थीहरूको बौद्धिक क्षमता र रचनात्मक कार्यमा रुचि बढ्नेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। बौद्धिक गोष्ठी वा मनोरञ्जनात्मक कार्यक्रममा सहभागिता हुने योग छ।

image

घरायसी सुख-सुविधाका वस्तुहरूको प्राप्ति हुनेछ। आमा वा परिवारका ज्येष्ठ सदस्यको सल्लाह महत्त्वपूर्ण सावित हुनेछ। सम्पत्ति वा जग्गासम्बन्धी विवादमा समाधानको बाटो खुल्नेछ।

image

पराक्रम र आत्मविश्वास उच्च रहनेछ। छोटो तथा रमाइलो यात्राको योग रहेको छ। दाजुभाइ वा छिमेकीको सहयोगले रोकिएका काम बन्नेछन्। सामाजिक क्षेत्रमा तपाईंको नेतृत्वको प्रशंसा हुनेछ।

image

आर्थिक मामिलामा सुधार आउनेछ। पैतृक सम्पत्तिबाट लाभ प्राप्त हुन सक्छ। बोलीको प्रभाव बढ्ने हुनाले रोकिएका कामहरू बन्नेछन्। खानपानमा विशेष ध्यान दिनुहोला।

image

दाम्पत्य जीवन सुमधुर बन्नेछ। व्यावसायिक साझेदारीबाट लाभ मिल्नेछ। घुमघाम तथा मनोरञ्जनात्मक कार्यक्रममा समय बित्नेछ। मित्रहरूको साथ र सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछन्।

image

प्रतिस्पर्धीहरू परास्त हुनेछन्। पुराना रोग वा समस्याबाट मुक्ति मिल्नेछ। अदालत वा कानुनी विवादमा विजय प्राप्त हुनेछ। मेहनतको पूर्ण फल पाइएला र काममा सफलता हासिल हुनेछ।

image

बौद्धिक क्षमता र सिर्जनशीलतामा वृद्धि हुनेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। प्रेम सम्बन्ध गाढा बन्नेछ। शेयर बजार वा बौद्धिक क्षेत्रबाट विशेष लाभ मिल्ने योग छ।

image

जग्गाजमिन वा घरसम्बन्धी काममा केही झन्झट आउन सक्छ। आमा वा घरका वरिष्ठ सदस्यको स्वास्थ्यको ख्याल गर्नुहोला। अनावश्यक चिन्ता बढ्न सक्छ, धैर्यता अपनाउनु बुद्धिमानी हुनेछ।

image

पराक्रम र उत्साह बढ्नेछ। छोटो तथा लाभदायक यात्राको योग छ। दाजुभाइ वा छिमेकीसँगको सम्बन्ध प्रगाढ बन्नेछ। मिहिनेतले सोचेको काम समयमै सम्पन्न हुनेछ।

image

बोलीको प्रभावले रोकिएका कामहरू बन्नेछन्। आर्थिक कारोबारमा सफलता मिल्नेछ। पारिवारिक जमघटमा सरिक हुने अवसर जुट्नेछ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ।

~ज्यो. कलानिधी WhatsApp 9803032959