आज तिहारको तेस्रो दिन, कुकुर तिहारसँगै लक्ष्मीपूजा मनाइँदै
वि.सं.२०८३ कात्तिक २२ आइतवार ११:३३
shares

काठमाण्डौ – तिहारको तेस्रो दिन आज घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुका ६ बजेर ५२ मिनेटसम्म लक्ष्मीपूजाका लागि शुभ साइत रहेको छ ।
लक्ष्मीपूजाका लागि बिहानैदेखि घरआँगन सफा गरी फूलमालाले सजाइएको छ । बेलुका दियो बालेर घरलाई झिलीमिली बनाउँदै चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाउने चलन छ । धन, ऐश्वर्य र समृद्धिको कामना गर्दै विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
आज राति भैलो खेल्ने परम्परा छ । भोलि गाईपूजा र पर्सि २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा तथा म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ । समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।


















