इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
वि.सं.२०८३ कात्तिक २२ आइतवार ११:३९
1.31K
shares
shares

काठमाण्डौ – सुनसरीको इटहरी–१३ गणेश पेट्रोलपम्प नजिक गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
कोशी लोकमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै जनालाई कोशी अस्पताल विराटनगर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मृतकको परिचय खुलेको छैन । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
















