आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
वि.सं.२०८३ कात्तिक २९ आइतवार ११:३४
1.01K
shares
shares

काठमाण्डौ – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।
चार दिनसम्म मनाइने छठ पर्व अस्ति शुक्रबारदेखि सुरु भएको हो । मुख्य दिन आज व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् ।
रातभर जाग्राम बसेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन हुनेछ ।
छठका लागि तराई–मधेशसहित काठमाण्डौ उपत्यका र देशका विभिन्न ठाउँका नदी, पोखरी तथा जलाशयलाई सजाइएको छ । पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक बिदासमेत दिएको छ ।

















