पेट्रोल छर्केर आगो लगाइएका दाङका पुरुषको उपचारका क्रममा मृत्यु
वि.सं.२०८३ कात्तिक २९ आइतवार ११:१२
966
shares
shares

काठमाण्डौ – दाङको राजपुर गाउँपालिकामा पेट्रोल छर्केर आगो लगाइएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ का ४९ वर्षीय रुपलाल चौधरी रहेका छन् । उनको आइतबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिबार दिउँसो स्थानीय ३८ वर्षीय त्रिलोकसिंह कार्कीले मोटरसाइकलबाट पेट्रोल निकालेर चौधरीको शरीरमा छर्की आगो लगाएका थिए । आगलागीबाट चौधरीको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
गम्भीर घाइते चौधरीलाई सुरुमा लमही अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल रिफर गरिएको थियो ।
घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले लमही नगरपालिका–५, रातोडाँडाबाट पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















