NIMB Long Banner Ad

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २९ गते आइतबार (तदनुसार १५ नोभेम्वर सन् २०२६)

आज मेष राशिमा नवौं चन्द्रमा कर्मसिद्धि र लाभ, वृषमा नवौं - भाग्य उदय, मकरमा पहिलो चन्द्रमा - शुभ फल र मानसिक प्रसन्नताको योग बनेको छ। उत्तरषाढा नक्षत्रमा जन्मेका व्यक्तिहरूमा सूर्यको प्रभावका कारण नेतृत्व क्षमता, आत्मविश्वास र उच्च आदर्श देखिन्छ । विश्वेदेव अर्थात् दस विश्वेदेवताहरू — जो सत्य, धर्म, न्याय, दया, र परोपकारका प्रतीक हुन् ।उत्तरषाढा नक्षत्र स्थिर नक्षत्र भएकाले दीर्घकालीन महत्व राख्ने कार्यहरू जस्तै— गृहप्रवेश, शिलान्यास, विवाह, पदभार ग्रहण, बीजारोपण, धार्मिक अनुष्ठान तथा नयाँ व्यवसायको थालनीका लागि अत्यन्त शुभ मानिन्छ।

4.9K
shares

श्रीशाके १९४८ वि.सं २०८३ कार्तिक २९ गते आइतबार (तदनुसार १५ नोभेम्वर सन् २०२६) नेपाल संवत् ११४७ कौलाथ्व,रौद्रनामसंवत्सर,कार्तिक शुक्लपक्ष षष्ठी तिथि साझ २२:२६ बजे सम्म, उत्तरषाढा नक्षत्र साझ ९ :१७ सम्म, अमृत योगा तथा चन्द्रमा मकर राशिमा । आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा ।

आज मेष राशिमा नवौं चन्द्रमा कर्मसिद्धि र लाभ, वृषमा नवौं – भाग्य उदय, मकरमा पहिलो चन्द्रमा – शुभ फल र मानसिक प्रसन्नताको योग बनेको छ।

उत्तरषाढा नक्षत्र वैदिक ज्योतिषको २७ नक्षत्रहरूमध्ये २१औँ नक्षत्र हो। उत्तरषाढाको शाब्दिक अर्थ “पछिल्लो विजय“ वा अन्तिम विजय हुन्छ। यसले धैर्यता, परिश्रम र दृढ संकल्पका साथ प्राप्त हुने स्थायी सफलतालाई जनाउने गर्दछ ।
नक्षत्रको पहिलो चरण (पद) धनु राशिमा पर्छ भने बाँकी तीन चरण (पदहरू) मकर राशिमा पर्छन्।

उत्तरषाढा नक्षत्रमा जन्मेका व्यक्तिहरूमा सूर्यको प्रभावका कारण नेतृत्व क्षमता, आत्मविश्वास र उच्च आदर्श देखिन्छ । विश्वेदेव अर्थात् दस विश्वेदेवताहरू — जो सत्य, धर्म, न्याय, दया, र परोपकारका प्रतीक हुन् ।

यस नक्षत्रमा जन्मेका व्यक्तिहरू इमानदार, कर्तव्यनिष्ठ, परोपकारी र न्यायप्रेमी हुन्छन्। यिनीहरू नियम–कानुनको पालना गर्ने, शान्त स्वभावका तर लक्ष्यप्रति अडिग रहने खालका हुन्छन्। सुरुवाती जीवनमा केही संघर्ष गर्नुपरे पनि उत्तरार्धमा यिनीहरूले ठूलो सफलता र सम्मान प्राप्त गर्छन्। अर्कोतिर कहिलेकाही यीनीहरु अत्यधिक आदर्शवादी हुँदा व्यावहारिक कठिनाइ आउन सक्छ। अरूको समस्यामा धेरै चासो राख्दा आफ्नै काममा ढिलाइ हुन सक्ने देखिन्छ ।

उत्तरषाढा नक्षत्र स्थिर नक्षत्र भएकाले दीर्घकालीन महत्व राख्ने कार्यहरू जस्तै— गृहप्रवेश, शिलान्यास, विवाह, पदभार ग्रहण, बीजारोपण, धार्मिक अनुष्ठान तथा नयाँ व्यवसायको थालनीका लागि अत्यन्त शुभ मानिन्छ।

image

धन कमाउने योग छ तथा फलिफाप हुने दिन छ। पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ। काम बन्नाले सुखको अनुभव हुन्छ। रमाइलो दिन छ। समय आफू अनुकूल बन्दै जानेछ, प्रियजनसित भेटघाट हुनेछ। एउटा रातो रुमाल खल्तीमा राख्नुस्।

image

काम बन्नाले सुखको अनुभव हुन्छ। नोकरीमा दिन सामान्य रहला। अनेक किसिमका फाइदा हुनेछ। अप्रत्याशित लाभ हुनेछ। अनेक किसिमका झमेलामा परिएला। रोकिएका काम अघि बढ्नेछन्, खर्चमा ध्यान दिनुहोस्।

image

काममा समस्या देखिएला। आज केही हानि हुन सक्छ, सावधान रहनु होला। दिन प्रतिकूल भएकाले काममा बाधाहरूको पनि सामना गर्नु पर्ला। आठौं चन्द्रमा भएकाले हतारमा निर्णय नगर्नुस्।

image

तपाईंको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ। धन कमाउने योग छ। परोपकारका काममा पनि मन जानेछ। धन आर्जनमा राम्रो दिन छ। परिवारको साथले मन खुसी हुनेछ।

image

अनौठो तरिकाले कमाइ भइ मन खुसी बन्ला। टाढाको यात्राको पनि योग रहेको छ। फलिफाप हुने दिन छ। राम्रो कमाइका कारण सुख मिल्नेछ। आत्मविश्वास बढ्नेछ, अनावश्यक विवादबाट टाढा रहनुहोस्।

image

टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ। केही सुख केही दुःख हुनेछ। अचानक कमाइ हुनेछ। योजना बनाएर काम गर्दा सफलता मिल्नेछ।

image

गरेका कामबाट ठूलो उपलब्धि लिन सकिँदैन, समयको व्यर्थ नाश होला। व्यर्थको खर्च होला। नसोचेको ठाउँमा खर्च हुन सक्छ। चौथो चन्द्रमा भएकाले झगडा र विवादबाट बच्नुस्।

image

अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। अनावश्यक यात्राको योग छ। सुखको अनुभव हुन्छ। आफन्त मिलनले सुख दिनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ, महत्वपूर्ण निर्णयमा हतार नगर्नुहोस्।

image

श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। खर्च भन्दा कमाइ नै बढी हुनेछ। शिक्षामा पनि राम्रो प्रगति हुनेछ। यात्रा वा नयाँ कामको योजना बन्न सक्छ।

image

दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। साथै पैसा कमाइने छ। विपरीत लिङ्गीको हौसलाले मन रमाउनेछ। मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला। जिम्मेवारी बढे पनि काम सफलतापूर्वक पूरा हुनेछ।

image

बिहान काम बन्नेछ, बेलुका सामान्य तनाव होला। इष्टमित्रहरूसँग असमझदारी बढ्न सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। वादविवादको सामना गर्नु पर्ला। मनमा नयाँ विचार आउनेछन्।

image

पेशागत रूपमा समस्या देखिन सक्छ। केही सुख केही दुःख हुनेछ। नोकरीमा झमेला ब्यहोर्नु पर्ला। जागिरको काममा डर हुनेछ। दिन सामान्य र सकारात्मक रहनेछ, पुराना काम पूरा गर्न तथा परिवारसँग समय बिताउन राम्रो दिन छ।

~ज्यो. कलानिधी WhatsApp 9803032959