प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
वि.सं.२०८३ कात्तिक २८ शनिवार १६:४७
1.22K
shares
shares

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम यादवको राजीनामा स्वीकृत गरिएको जनाएको हो ।
त्यस्तै, नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
















