NIMB Long Banner Ad

पार्टीविरुद्ध गतिविधि गर्नेलाई तत्काल कारबाही गर्न ओलीको निर्देशन

1.06K
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिम्मेवारीमा बसेर आफ्नै उम्मेदवारलाई मत नदिने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।

बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीमा बसेर अन्य दलका उम्मेदवारलाई मत दिने प्रवृत्ति स्वीकार्य नहुने बताए। पार्टीमै रहने तर भोट अन्यत्र हाल्नेभन्दा पार्टी परिवर्तन गर्नु उचित हुने उनको भनाइ थियो।

उनले पार्टीविरुद्ध जालझेल र षड्यन्त्र गर्नेहरूलाई जिल्लास्तरबाटै स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गरी केन्द्रमा सिफारिस गर्न निर्देशन दिए।

ओलीले पार्टीभित्रका मनमुटाव अन्त्य गरी सङ्गठनलाई एकताबद्ध बनाउन पनि आग्रह गरे। फागुन २१ को चुनावमा सङ्गठित सदस्यको सङ्ख्याभन्दा कम मत आएकोप्रति असन्तुष्टि जनाउँदै उनले नेता–कार्यकर्तालाई आगामी स्थानीय र प्रदेशसभा निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए।