NIMB Long Banner Ad

हरिबोधिनी एकादशीमा पशुपतिमा भक्तजनको घुइँचो

782
shares

काठमाण्डौ – हरिबोधिनी एकादशीका अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पूजाआजा, भजनकीर्तन तथा विभिन्न धार्मिक गतिविधिले पशुपति क्षेत्र भक्तिमय बनेको छ ।

हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा–आराधना गर्ने परम्परा छ । यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझिने धार्मिक विश्वास छ । त्यसैले हरिबोधिनी एकादशीलाई विष्णुभक्तका लागि विशेष पवित्र दिन मानिन्छ ।