पाटनको कात्तिक नाचमा आज बराह अवतार प्रदर्शन हुँदै
वि.सं.२०८३ मंसिर ५ शनिवार ११:५४
759
shares
shares

काठमाण्डौ – ललितपुरमा चलिरहेको प्रसिद्ध कात्तिक नाचमा आज बराह अवतार प्रदर्शन गरिँदैछ । कात्तिक नाचको महत्वपूर्ण प्रस्तुति बराह अवतार द्वादशीका दिन देखाउन लागिएको हो ।
बराह अवतारमा भगवान् विष्णुले वराह रूप धारण गरी हिरण्याक्ष दैत्यको वध गरेको कथा प्रस्तुत गरिन्छ । शक्ति दुरुपयोग गर्दा विनाश निम्तिने सन्देशसमेत यस नाचमार्फत दिइने कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।
गएको कात्तिक २७ गतेदेखि मंगलबजारस्थित कात्तिक डबलीमा सुरु भएको नाचमा आज कृष्ण र इन्द्रको प्रस्तुति पनि रहनेछ । कात्तिक नाचको मुख्य आकर्षण नृसिंह नाच भने भोलि मध्यरातमा प्रदर्शन गरिनेछ ।
कात्तिक नाच मंगलबार समापन हुनेछ ।
















