NIMB Long Banner Ad

फिफा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो, डिसेम्बरमा रोडम्याप आउने – मन्त्री पोखरेल

782
shares

काठमाण्डौ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि फिफाले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

थाइल्यान्डमा फिफा र एएफसीका पदाधिकारीसँग छलफल गरेर फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिनुभयो । उहाँका अनुसार निलम्बन फुकुवासँगै एन्फाको चुनाव गराउन फिफा र एएफसी सहमत भएका छन् ।

एन्फाको चुनाव कुन प्रक्रियाबाट गर्ने भन्नेबारे फिफाले आउँदो डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ । पुरानै नेतृत्वबाट चुनाव गर्ने वा अन्तरिम कमिटी गठन गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी रहेको मन्त्री पोखरेलले बताउनुभयो ।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका उहाँले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमानसँग भेटवार्ता गर्नुभएको थियो ।