NIMB Long Banner Ad

भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेस असन्तुष्ट

2.6K
shares

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि राजनीतिक दल र विषय विज्ञसँग परामर्श नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारप्रति असन्तुष्टि जनाएको छ ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै विदेश भ्रमणअघि साझा धारणा बनाउने लोकतान्त्रिक परम्परालाई सरकारले बेवास्ता गरेको बताउनुभएको छ ।

कांग्रेसले भ्रमणको सफलताको कामना गर्दै नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । साथै, भ्रमणलाई प्रचारमा मात्र सीमित नगरी विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको समाधान र दीर्घकालीन सहकार्यमा केन्द्रित गर्न सुझाव दिएको छ ।

भ्रमणको सफलता औपचारिक स्वागत र घोषणाभन्दा नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामबाट मापन हुनुपर्ने कांग्रेसको भनाइ छ ।