NIMB Long Banner Ad

छठ पर्व विधिवत् सम्पन्न, उदाउँदो सूर्यलाई अर्घ्य अर्पण

989
shares

काठमाण्डौ – उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै श्रद्धा र आस्थाको पर्व छठ आज विधिवत् रूपमा सम्पन्न भएको छ ।

चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरूले व्रत समापन गरेका हुन् ।

पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना विधि पूरा गरेका व्रतालुले षष्ठीमा अस्ताउँदो र सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

सूर्यदेवको आराधना गर्दा सुख, समृद्धि, सन्तान प्राप्ति तथा पारिवारिक आरोग्यता हुने जनविश्वास छ । पहिले तराई–मधेसमा सीमित छठ पर्व पछिल्लो समय काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ ।

यस वर्ष सरकारले छठ पर्वको समापनका अवसरमा आज पनि सार्वजनिक बिदा दिएको छ । यसअघि षष्ठीका दिन मात्रै बिदा दिँदै आएको सरकारले यस वर्ष षष्ठी र सप्तमी दुवै दिन बिदा दिएको हो ।