सन्दीप लामिछानेको कप्तानीमा एसिया कप खेल्ने नेपाली टोली घोषणा
वि.सं.२०८३ कात्तिक ३० सोमवार ०९:२९
1.33K
shares
shares

काठमाण्डौ – कतारमा आयोजना हुने एसीसी राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।
टोलीमा सन्दीपसहित बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, राशिद खान, लोकेश बम र नन्दन यादव छन् ।
मंसिर ३ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई पनि छन् ।

















