बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बालक बेपत्ता
वि.सं.२०८३ कात्तिक ३० सोमवार १३:२४
1.66K
shares
shares

काठमाण्डौ – बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
मङ्गलबार बिहान टुमेडाबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बुङ्गल नगरपालिका–१० का ३५ वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा र छ वर्षीया डल्ली महराको मृत्यु भएको हो । अटोमा सवार एक बालक बेपत्ता छन् ।
दुर्घटनाको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेर बेपत्ता बालकको खोजी तथा उद्धार गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
















